अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवानमा मङ्सिर ४ को कथित् चुनावलाई सक्रिय बहिष्कार गरौँ !

आदरणीय जनसमुदायहरू,

यही मङ्सिर ४ गते चार दलका शीर्ष नेताहरू र कठपुतली सरकारले गर्न लागेको असंवैधानिक, संघीय गणतन्त्र बिरोधी, निर्दलीय, राष्ट्रघाती र नेपाली जनताबीचमा द्वन्द्व गराएर गृहयुद्ध निम्त्याउने कथित् चुनावलाई निम्न कारणहररूले गर्दा सम्पूर्ण नेपाली जनसमुदाय तथा लिम्बुवानी जनताहरूले सक्रिय बहिष्कार गरौँ |

संसद नभएको बेला अन्तरिम संविधानलाई संशोधन गर्न खोज्नु नै गलत हो, षडयन्त्र हो, ‘कु’ हो | संसद नभएको बेला अन्तरिम संविधान लागू गर्न कठिनाई भए संविधान सभामा उपस्थित भएका राजनैतिक दलहरूको सर्वदलीय राजनैतिक सम्मेलन (गोलमेच ) मार्फत् अघि बढ्नु पर्छ, तर ४ दलले त्यसो गरेनन् |

१. जुन व्यक्तिले प्रधानन्यायाधीशको कुर्सीबाट संविधान सभाको विघठन गर्ने फैसला सुनाए त्यही व्यक्ति प्रधानन्यायाधीशकै हैसियतमा चुनाव गराउन तम्सिनु भनेको संसारमा कहीं नभएको जात्रा हो, महा षडयन्त्र हो, शक्ति पृथकीकरणको सिद्धान्तको पुरै विपरीत हो, किनकि न्यायपालिकाले फैसला गर्ने हो र कार्यपालिकाले कार्यान्वन गर्ने हो |

२. पहिलो संविधान सभामा गरिएका गल्तीहरूको समीक्षा, गल्ती नदोहोर्याउने संवैधानिक प्रतिवद्धता, संघीय राज्यहरू निर्माणको आधारहरू तय र प्राप्त राजनैतिक उपलब्धिको रक्षा गरिनु पर्दछ भन्ने हाम्रो जायज आवाजलाई ४ दलले बेवास्ता गरेका छन् | संविधान सभामा लिम्बुवान सहितको १४ राज्यको खाका ६०१ जना सामु प्रस्तुत हुँदा कांग्रेस, एमालेले भोटिङमा भाग लिंदैनौं भने; एमाओवादी र सभाध्यक्षले सहमति खोज्छु भन्दाभन्दै ४ वर्ष बिताए | अब फेरि, त्यस्तो गल्ती कसैले गर्न नसक्ने प्रकारको कानूनी प्रावधान पहिले बनाइनु पर्दछ |

३. जनताको रगतले ल्याएको राजनैतिक उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई दोस्रो संविधान सभाले विनाशर्त लागू गरेर जानुपर्छ भन्ने हाम्रो अडान हो | तर, ४ दलले प्राप्त उपलब्धिलाई चुनावद्वारा उल्टाउन खोजिरहेको छ | त्यसैले, चुनावमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दल भरसक नआओस् भन्ने हेतुले चुनावलाई एकपक्षीय बनाउन ४ दल लागिरहेका छन् |

४. संविधानको अन्तरबस्तुमा सहमति नगरी संविधान बन्छ त ? बन्दैन | तर पनि, यी ४ दलका मुख्य नेताहरू मङ्सिर ४ को लागि किन यति मरिहत्ते गरिरहेका छन् ? उनीहरूलाई संविधान बनोस् नबनोस् त्योसंग मत्लब छैन | चुनाव भएमा सभासद, मन्त्री, प्रधानमन्त्री भागबन्डा गर्न पाइन्छ भन्ने स्वार्थले लागेका छन् | हाम्रो भनाइ, संविधान बन्ने ग्यारेन्टी सहितको चुनाव गरौँ भन्ने हो |

५. चार दलका शीर्ष नेताहरू बिदेशी मालिकहरूद्वारा संचालित छन् | लिम्बुवान सहितको ३३ दल र ४ दलबीच मिल्न आँटेको वार्ता पनि बिदेशीहरूको आदेशमा ४ दलले भङ्ग गर्दै आएका छन् | नेपाली जनताहरूबीच मारामार गराउने र मिलाउने निहुँमा बिदेशीहरू आउने र नेपालको सार्वभौमसत्ता बिस्तारै कब्जा गर्ने सिक्किमीकरणको सुत्रको मतियार बनेर ४ दलका मुख्य नेताहरू हिंडिरहेका छन् | यिनीहरूको लहैलहैमा लाग्ने हो भने देशै डुब्ने छ |

६. मङ्सिर ४ को कथित् चुनाव आदिवासी जनजाति, दलित, महिला, मधेशी, मुस्लिमहरूको बिरुद्धमा छ |
अन्त्यमा, चुनाव गराउन तम्सिने मन्त्री परिषद्का अध्यक्ष खिलराजले प्रधानन्यायाधीशबाट राजिनामा दिनु पर्दछ | सर्वदलीय राजनैतिक सम्मेलनद्वारा संविधानको अन्तरबस्तुमा सहमति गरेर सबै पार्टीहरूले चुनाबी तयारी गर्न समय पाउनको लागि चैत्रमा चुनाब सारिनु पर्दछ | यो नै हाम्रो राजनैतिक बटमलाइन हो |

पाँच वर्षसम्म सत्तामा लुछाचुडी गरेर समय बिताउने अनि सहमतिको लागि ४ महिना चुनाव सारौँ भन्दा नमान्ने ४ दलले देशलाई गृहयुद्धमा फसाउन खोजेका छन् | मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दल चुनावमा आउँछौं भन्दाभन्दै हामीलाई बाइपास गर्न खोज्ने यी एकात्मकवादीहरूले अघि सारेको मङ्सिर ४ को कथित् चुनावलाई सक्रिय बहिष्कार, प्रतिरोध र प्रतिकार गर्न सम्पूर्ण नेपाली जनता तथा लिम्बुवानवासी जनताहरूलाई हार्दिक अपील गर्दछौं |

जय लिम्बुवान ! संघीय अभिभादन !

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद 
केन्द्रीय कार्य समिति, लिम्बुवान, नेपाल 

 

Appeal of Limbwuan Red

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>