मङ्सिर ४ को कथित चुनावविरुद्ध लिम्बुवान आन्दोलन जारी छ

लिम्बुवान, २९ कार्तिक | चार दलीय सिन्डिकेट र निर्दलीय कर्मचरी सरकारले विदेशीको निर्देशनमा विना राष्ट्रिय सहमति एक पक्षीय दंगले गर्न खोजेको कथित चुनावको विरुद्ध लिम्बुवान सहित ३३ दलले गरेको यातायात बन्द आन्दोलनको प्रभाव पाँचौं दिन कार्तिक २९ गते पनि लिम्बुवानमा उत्तिकै सशक्तताका साथ जारी रहेको छ |

यस तथ्यलाई निम्न तस्वीरहरुले थप पुष्टि गर्दछ:

१. लिम्बुवानमा यातायात बन्दको पाँचौं दिन कार्तिक २९ गते पनि उत्तिकै सशक्त !

Chulachuli Ilam Road of Limbwuan on Limbuwan Banda 29 Kartik

Chulachuli Ilam Road of Limbwuan on Limbuwan Banda 29 Kartik

एकात्मक चारदलीय सिन्डिकेट र कर्मचारी सरकारको नून खाएको कुखुराजस्तो मिडियाले जति सुकै जे भने पनि लिम्बुवानमा मङ्सिर ४ को कथित चुनावबिरुद्द गरिएको यातायात बन्द अझ सशक्ततापूर्वक जारी नै रहेको छ | यो लिम्बुवानको इलामस्थित चुलाचुलीको सुनसान सडक हो |फोटो: सेमी लिम्बू

२. कार्तिक २९ गते लिम्बुवानमा यातायात बन्दको पाँचौ दिन झापाको दमक चोक !

Damak choukma  Surkchhakarmi

 

काठमाडौँमा रहेको एकात्मक केन्द्रीकृत सत्ताले भारतीय दलाल सुरज वैद्यहरुलाई जनताले तिरेको करको पैसा दिएर खाली यातायात चलाउन लगायो रे | तर, लिम्बुवानमा यातायात बन्दको पाँचौं दिन पनि झन् सशक्त आदोनालनको प्रभाव छ | भलै, एकात्मक मिडियाले यसको दुष्प्रचार नै किन नगरूँन् नून पचाउन ! फोटो: सेप्माङ लिम्बू

३. कथित चुनाव विरुद्ध लिम्बुवान सहित ३३ दलीय मोर्चाको आन्दोलनप्रति समर्थन जारी !

Damak Chowk Jahpa Limbwuan

 

लिम्बुवान, २९ कार्तिक | कथित चुनाव विरुद्ध लिम्बुवान सहित ३३ दलीय मोर्चाको आन्दोलनप्रति जनताको समर्थन जारी छ | तर, विदेशी दलाल ४ दलीय सिन्डिकेट र निर्दलीय कर्मचरी सरकारले लिम्बुवान सहित ३३ दलीय मोर्चाको मागलाई राजनीतिक रुपले सम्बोधन गर्नुको सट्टा प्राविधिक रुपमा बन्दुकले दबाउने नीति लिइरहेको छ | फोटो: सेमी

४. यो बन्दको जिम्मेवारी राज्य चलाउँछु भन्ने एकात्मक सरकारले लिनुपर्छ !

Damak Jhapa Road of Limbuwan

लोकतन्त्रमा समर्थन र विरोध गर्न पाउनु पर्ने हो | सबै चुनाव आफैमा लोकतान्त्रिक हुँदैन | लोकतान्त्रिक चुनावमा सबैले भाग लिन पाउने अवसर हुनुपर्दछ | चुनावमा भाग लिने लोकतान्त्रिक र नलिने आलोकतान्त्रिक वा अपराधी भन्ने संसारमा कतै पनि हुँदैन- जुन नेपालमा हुँदैछ !

५. कथित चुनाव विरुद्ध यातायात बन्दमा कार्तिक २९ गते लिम्बुवान झापाको दोमुखा !

Domukha Jhapa Road of Limbuwan

कथित चुनाव विरुद्ध यातायात बन्दमा कार्तिक २९ गते लिम्बुवान झापाको सुनसान दोमुखा | जनताले बुझेरै अनि असीम दु:ख सहेरै पनि अन्तिम विकल्पको रुपमा यो आन्दोलनको समर्थन गरेका छन् |  तर, दलालहरू यसलाई बुझेर पनि बुझ पचाइरहेका छन् | फोटो: सेप्माङ

६. आन्दोलनले ब्यस्त सडकहरू खाली भए, एकात्मकवादीहरुको दिमाग गोबरले भरियो !

Jhapa Limbuwan 2

लिम्बुवान  २९ कार्तिक | आन्दोलनले ब्यस्त सडकहरू खाली भए, एकात्मकवादीहरुको दिमाग गोबरले भरियो ! नेपालमा अशान्ति र द्वन्द्व उत्पन्न गराएर आफ्नो मिति गुज्रेको आयु लम्ब्याउन चाहने एकात्मकवादीहरू दिउँसै रत्यौली खेलिरहेका छन् | तर, लिम्बुवानको सडकले विद्रोह गरिरहेको छ | फोटो: सेमी

७. लिम्बुवानको रणभूमि कमलखोला, जहाँ शहीद माङ्तोकले सहादत प्राप्त गरेका थिए !

Kamal Khola of Ilam

लिम्बुवानको रणभूमि कमलखोला, जहाँ शहीद माङ्तोकले सहादत प्राप्त गरेका थिए !  वि. स. २०६४ असोज १८ गते लिम्बुवानको शान्तिपूर्ण आन्दोलनमा रहंदा एकात्मक सशस्त्र प्रहरीले शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’ लाई यही खोला किनारमा सीधै गोली हानी हत्या गरेको थियो | फोटो: सेप्माङ

८. लिम्बुवानको प्रतेक गाउँ, बजार, चोक र सडकमा सेना र प्रहरी तैनाथ छन् !

Myadi Prahari on Limbuwan road

 

लिम्बुवानको प्रतेक गाउँ, बजार, चोक र सडकमा सेना र प्रहरी तैनाथ छन् ! यसले १० वर्षे द्वन्द्वकालको झझल्को दिएको छ | निर्दोष जनता नै प्रहरी र सेना भएका छन् | नेपालका एकात्मक नेता जस्तै उनीहरू पनि नूनको लागि अमूक निर्देशनमा चल्दछन् | फोटो: लिम्बुवान

९. लिम्बुवान झापाको माई पूल कार्तिक २९ गते विश्राम लिंदै !

Maidhar Bridhge of Limbuwan

 

काठमाडौँमा बसेर सत्ताको लुछाचुडी गर्दै देशलाई शोषण गर्ने एकात्मकवादीहरूले लिम्बुवाननी जनतालाई चुस्नसम्म चुसे, लिम्बुवान भूमिलाई लुछ्नसम्म लुछे | लिम्बुवान हुँदा आफ्नो चुसाई छुट्टिने डरले अहिले अनेक जालझेल गरिरहेका छन् | अब लिम्बुवान भूमिलाई यसरी नै भए पनि पवित्र राख्नु पर्ने भो | फोटो: सेप्माङ

लिम्बुवान आन्दोलन जारी छ !

- लिम्बुवान 

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts