बन्दुकको भरमा चुनाव गर्नु गृहयुद्धलाई निम्तो दिनु हो
– अमृता थेबे

Amrita Thebe PP Photo Fine

बन्दुक भन्दा हिङ्सा, रगत र युद्घजस्ता शब्दहरु आउँछन् भने कलम भन्ने बित्तिकै सभ्य समाजको परिकल्पना आउँछ । तर, त्यही कलमले लेखिएका कानूनहरुबाट समाज या राष्ट्रमा हिङ्सा र युद्धलाई पनि निम्ताउन सक्ने खतरा तितो सत्य हा–े नेपाली हरुको लागि ।

देश एटम बम र युद्वले मात्र तहस नहस हुदैंन । कलमले लेखिएको कानूनले पनि तहसनहस हुँदो रहेछ भन्ने प्रत्यक्ष दशी प्रमाण– यो देश नेपाल भएको छ । यो देशमा एटम बमहरुको युद्धहरु नलडिए पनि यो देशमा बनेको कानूनहरुले बहुसङ्ख्यक नेपाली जनतालाई युद्वको आभास गराइरहेको छ । निरङ्कुश शासन पद्वति, एकात्मकवादीहरुको हिन्दु धर्मशास्त्रमा आधारित कानूनहरुले यो देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक पहिचानलाई सङ्कटमा पारेको छ । आज धेरै नेपाली जनताहरुले यो देशको एकात्मक पद्वतिको कानूनहरुलाई आफ्नो भन्न सकिरहेका छैनन् । त्यसैको फलस्वरुप, आन्दोलनहरु दिन प्रतिदिन चर्किंदै गइरहेको छ । आज त्यसैको परिणाम स्वरुप, लिम्बुवानदेखि थारुहटसम्म उठेको संघीयताको आन्दोलनहरुलाई अब एकात्मक शैलीको कानूनहरुले थेग्न सक्ने अवस्था छैन ।

नेपाली जनताले १९१० सालदेखि कानून पाइरहेका छन् । १९१० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले लिपिवद्ध गर्न लगाएको मुलुकी ऐन् होस् या आजसम्मको यात्रामा आइपुग्दाका कानूनहरु होस् । नेपालको न्याय संरचनामा हिन्दू प्रभाव परेको छ । जुन कुरा नकार्न सकिँदैन । हामी माझ इतिहासको विभिन्न कालखण्डमा २००४ को कानुन नेपालको पहिलो संविधान थियो । ती संविधानहरु प्रिवर्तित हुँदैं नेपाल अधिराज्यको संविधान २०४७ सम्मको यात्रामा आइपुग्दा यो देश विश्वको हिन्दु ाष्ट्र बन्न पुग्यो । जुन नेपाल अधिराज्यको संविधान २०४७ को भाग १ दफा ४ मा ‘‘नेपाल प्रजातान्त्रिक, स्वतन्त्र अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न हिन्दु संवैधानिक राजतन्त्रात्मक अधिराज्य हो’’ भनेर ब्यवस्था गरियो ।

अन्ततः विभिन्न कालखण्डमा निर्माण भई जारी भएका कानून, ऐन् नियम र संविधानहरु न्यायक्षेत्रमा केन्द्रीकृत र एकात्मक संस्कार, खसभाषा र हिन्दु विधिलाई मात्र सम्वद्र्धन, संरक्षण गर्ने गरी लादिएको न्याय प्रशासनले बहुसङ्ख्यक जनताहरुको पहिचानमाथि हमला गरेको छ । कानुनको कमी होइन यो देशमा, सबै जातजाति, भाषाभाषी, समुदायहरुको पहिचान अब बन्ने संविधान भित्र अटाउँछ कि अटाउँदैन ? त्यो महत्वपूर्ण कुरा हो ।

कानून भनेको समाजलाई निर्देशन गर्ने नियमहरुको सङ्ग्रह हो । कानून राज्य वा समाजलाई व्यवस्थित र नियन्त्रित गर्ने नियम हो । यसले समाजमा शान्ति, सुरक्षा कायम गर्छ । नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधता भएको राष्ट्र हो । यो देशमा सबैको आ–आफ्नो पहिचान छ । त्यसैले, दिगो शान्तिको लागि सबैलाई समेटेएर संविधान बन्नु नै भोलिको समृद्ध राष्ट्र नेपाल हो । यो लोक कल्याणकारी राज्यको सिद्धान्त पनि हो ।

सर्वपक्षिय राजनैतिक सम्मेलनद्वारा संबिधानको अन्तरबस्तुमा सहमति गरेर सबै पार्टीहरु चुनावमा जानु पाउने अवस्था राज्यले बनाउन चाहेन | चारदलीय सिन्डिकेट र निर्दलीय कर्मचारी सरकारले लिम्बुवान सहितको ३३ दललाई बाहिरै राखेर कथित चुनाव गर्न खोजिरहेको छ | राष्ट्रिय सहमतिलाई लत्याएर सेना परिचालन गरी बन्दुकको भरमा चुनाव गराउनु देशमा गृहयुद्धलाई निम्तो दिनु हो ।

(थेबे, संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष हुन्)

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts