नेपालमा विद्यमान मुख्य ३ विचारधारा र अन्तरविरोधहरू
– दिलेन्द्र कुरुम्बाङ

Dilendra Kurumbang Limbu

नेपाली समुदायहरुबीच बहुआयामिक अन्तरबिरोधहरु विद्यमान छन् । यी बहुआयामिक समस्याहरुलाई निरपेक्षरुपमा हेरिनु हुन्न । यसलाई सुत्रबद्ध गर्ने हो भने नेपालमा मुख्य ३ वटा विचारधारहरु रहेको पाइन्छ र यिनीहरुबीच त्रिपक्षीय अथवा त्रिकोणात्मक अन्तरद्वन्द्व रहेको छ ।

पहिलो हो सामन्ती विचारधारा:

प्रतिगामी दरवारिया खसब्राह्मणवादी हिन्दू अतिवादीहरु यो समूहमा पर्दछन्, राप्रपा नेपाल, शिवसेना नेपाल, अखण्ड नेपाल पार्टी लगायतका खसअन्धजातिवादीहरु हिन्दू राष्ट्र र राजतन्त्र व्यूँताउने कसरतमा रहेकाहरु यसभित्र पर्दछन् । हिजोकै शासन व्यवस्थालाई निरन्तरता दिन सकियोस् भन्ने हो । यो खसब्राहमण अन्धजातिवादी चिन्तन हो र यी साम्प्रदायिक अतिवादीहरु २०४६ देखि यताका सबै परिवर्तनहरुलाई आत्मसात गर्न सकिरहेका छैनन् । यिनीहरु सुस्पष्टरुपमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका बिरोधी हुन् ।

दोश्रो हो यथास्थितिवादी अनुदार प्रजातन्त्रवादी बिचारधारा:

यसको नेतृत्व नेपाली कांग्रेसले गरेको छ भने नेकपा एमाले, राप्रपा, र केही सानातिना कम्युनिष्ट पार्टीहरु यस समुहमा रहेका छन् । यिनीहरु प्रजातन्त्रमा दल खोलेर भाषण गर्न पाएपछि सबै ठीक हुन्छ भन्ने ठान्छन् । उनीहरु ऐतिहासिक सामाजिक–सांस्कृतिक संरचनालाई आधार मानि उत्पीडनमा पारिएका समुदायलाई उनीहरुको पहिचान खुल्नेखालको संघीयतामा मुलुकलाई लैजानु पर्छ भन्ने मुद्दालाई अस्वीकार गर्दछन् ।

तेश्रो हो परिवर्तन चाहने अग्रगामी विचारधारा:

यस समूहमा मुलुकको वर्तमान राज्य तथा प्रशासकीय संरचनाले समग्र नेपालीहरुको इच्छा, आकांक्षा र समस्यालाई सम्बोधन गर्न नसक्ने भएकोले यिनको समाधानका लागि यो भन्दा एक कदम अगाडि बढ्नुपर्दछ भन्नेहरु पर्दछन् । दुवै माओवादी, मधेशवादी दल, संघीय समाजवादी, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्लगायतका लिम्बुवानवादी पार्टीहरु यस समूहमा पर्दछन् । अर्थात् पहिचान खुल्ने संघीयताका पक्षधरहरु अग्रगामी विचारधारामा पर्दछन् । उनीहरु सबैको अस्तित्व र पहिचान खुल्ने गरी मुलुकको संघीय संरचना हुनुपर्छ भन्ने पक्षमा रहेका छन् ।

(कुरुम्बाङ, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य हुनुहुन्छ | वहाँको  ‘‘लिम्बुवानमा क्रान्ति र विकास’’ भन्ने पुस्तक पनि प्रकाशित छ )

https://www.facebook.com/dilendra.kurumbanglimbu?hc_location=stream

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts