कथित चुनावविरुद्ध शान्तिपूर्ण तर सशक्त लिम्बुवानी आन्दोलन

प्रेस-विज्ञप्ति: २०७०-०७-२९ | मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले स्थापना कालदेखि नै  ‘‘नेपाल हाम्रो देश हो, लिम्बुवान हाम्रो घर हो (Nepal is our country, Limbuwan is our homeland)’’ भन्ने नारालाई संघीय राष्ट्रवाद (Federal Nationalism of Nepal) को मूल आधार तत्वको रूपमा आत्मासाथ गरेर अघि बढिरहेको छ |

संघीय गणतन्त्र धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा सङ्वाखुवखोला-अरुण-सप्तकोशीपूर्वको नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापना गर्नु नै यस पार्टीको मुख्य लक्ष हो | लिम्बुवान प्राप्तिको यस आन्दोलनलाई यस परिषदले शुरुदेखि नै शान्तिपूर्ण तथा सशक्त र जातीय सह-अस्तित्व एवम्  सद्भाव  कायम राख्दै अघि बढाउँदै आएको छ | यसक्रममा, यस परिषदले  दर्जनौं शान्तिपूर्ण मार्चपास, आमसभा, प्रशिक्षण  लगायत विभिन्न  आन्दोलनहरू सम्पन्न गरेर संविधान सभाको पहिलो चुनावमा सहभागी भई संविधान सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दल प्रमाणित भइसकेको छ |

तर, पहिलो संविधान सभाको षड्यन्त्रपूर्ण विघटन,  भट्टराई सरकारले अन्तरिम संविधानको मापदण्ड अनुसार मङ्सिर ७ मा चुनाव गराउन आँटदा कांग्रेस, एमालेले नमानेको कारण चुनाव  रद्द हुनु, चार दल मिलेर चैत्र १ गते अन्तरिम संविधान कुल्चनु र आफूखुसी चुनावको मापदण्ड तयार गर्नु, र त्यसरी मनोमानी ढंगले तयार गरेको चुनावी मापदण्डको बिरुद्द लड्दालड्दै यस परिषद लगायत ३३ दलले चुनावी तयारी गर्न नपाउनु तथा सबै दल चुनावमा सहभागी हुनसक्ने गरी चैत्र ४ गते चुनाव  गरौँ भन्दा मङ्सिर ४ मा नै चुनाव हुनुपर्छ भनेर चार दलले अड्डी कस्नु र योजनावद्ध ढंगले लिम्बुवानसहित ३३ दललाई निर्वाचनबाट बाहिर  राख्नु; यी षड्यन्त्रहरूप्रति यस परिषदले शुरुदेखि नै घोर विरोध र भर्त्सना गरी आन्दोलन गर्दै आएको छ |

मङ्सिर ४ को कथित चुनावलाई सक्रिय बहिष्कार गर्ने आन्दोलनलाई यस परिषदले संधैं शान्तिपूर्ण तथा सशक्त तरिकाले अघि बढारहेको छ र शान्तिपूर्ण तरिकाले नै अघि बढाउने छ | यसक्रममा, जारी यातायात बन्दलाई अझ सशक्त बनाउँदै, दमन गरे लिम्बुवानी नेता, कार्यकर्ता र समर्थकहरुद्वारा एकात्मक जेल भर्ने अभियान सुरु गरिनेछ | पहिचान सहितको संघीयता हुन नदिने, बरु सत्ताको भागबण्डा गर्ने मङ्सिर ४ को कथित चुनावलाई  सक्रिय बहिष्कार गर्न सम्पूर्ण लिम्बुवानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहररूमा हार्दिक आग्रह गर्दछौं |

 एकात्मकवादीहरुले यसपल्ट लिम्बुवानप्रति जुन अन्याय गरेका छन्, इतिहासको एकदिन यी एकात्मक सिंहदरबारले यसको चर्को मूल्य चुकाउनु पर्ने चेतवानी दिइएको छ | चार दलले लिम्बुवानको राजनैतिक पार्टी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलाई मात्र होइन, सिङ्गो लिम्बुवानी सभ्यता (Limbuwani Civilization) लाई बाइपास गरेका र आउने राजनैतिक घटनाक्रमहरूको लागि यो शुभसङ्के हुँदै  होइन |

29 Shantipurna tara Sashkata Andolan

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts