कथित चुनावविरुद्ध लिम्बुवानमा यातायात हड्तालको आठौँ दिन पनि ठप्प

03 Mangsir Damak Chowk Limbuwan Banda

लिम्बुवान, मङ्सिर ०३ | संघीयता, पहिचान, स्वायत्तता र आदिवासी जनजाति तथा सबैको अधिकार सुनिश्चित गर्ने आन्दोलनको हाँकिरहेको संगठन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दललाई पाखा राखेर एक पक्षीय ढंगले गर्न खोजिएको कथित चुनाव बिरुद्ध आह्वान गरिएको १० दिने लिम्बुवान, नेपाल यातायात हडतालको आठौँ दिन मङ्सिर ३ गते पनि लिम्बुवानमा यातायात ठप्प रहेको छ |

मङ्सिर ०३ गते सम्म यातायात हड्ताल आन्दोलन सशक्त रुपमा हाँकिरहेका लिम्बुवानी नेतृत्व तथा कार्यकर्ताहरू यो कथित चुनाव बहिष्कार आन्दोलनको अन्तिम र निर्णायक चरणमा खटिरहेका छन् |

यो कथित चुनावको नौटंगीपछि पनि लिम्बुवान आन्दोलन अझ व्यापक र सशक्त रूपमा अघि बढाइने कुरा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय कुमार लिङ्देन ‘मिराक’ले एक प्रसस विज्ञप्ति मार्फत जनाएका छन् |

फोटो: लिम्बुवान झापाको सुनसान दमक चौक | – सेमिमा लिम्बू 

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts