लिम्बुवानद्वारा मङ्सिर ४ को कथित चुनावलाई सक्रिय बहिष्कार गर्न अपील

लिम्बुवान, मङ्सिर ३ | मङ्सिर ४ को कथित चुनावलाई सक्रिय बहिस्कार गर्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अघि बढाई रहेको शान्तिपूर्ण आन्दोलन जारी रहेको छ |

Mirak

परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ आज एक प्रेस-विज्ञप्ति जारी गर्दै  संबिधान सभाले नौ जिल्ला लिम्बुवान सहितको संघीय गणतान्त्रिक धर्मनिरपक्ष, संघीय संविधान लेख्न सकोस्, यो चुनाव  सार्थक होस् र पहिलो सभाजस्तै असामयिक मृत्युवरण गर्न नपरोस् भनेर संविधान सभामा उपस्थित दलहरूबीच सहमति गरेर अघि बढौं भनेर नै परिषदले शान्तिपूर्ण आन्दोलन अघि बढाएको तर, आफ्ना  न्यायपूर्ण, शान्तिपूर्ण मागहरूलाई चार दलले राज्यको अन्तिम शक्ति सेना प्रयोग गरेर दमन गरी अघि बढेको बताउनु भएको छ | त्यसमा पनि, लिम्बुवान क्षेत्रमा नेपालकै सबै भन्दा बढी सेना, प्रहरी परिचालन गरिएको समेत विज्ञप्तिमा जनाइएको छ |

Map of Limbuwan

विज्ञप्तिमा, परिषदका निम्न नेता-कार्यकर्ता साथीहरूलाई एकात्मक प्रहरी प्रशासनले पक्राउ गरी महिना दिनदेखि एकात्मक जेलमा थुनी राखेको जानकारी गराइएको छ-

१. के. स. संगम खनाल,  पान्थर

२. जिल्ला अध्यक्ष: लाबाहाङ  चेम्जोङ, पान्थर

३. क्षेत्रीय अध्यक्ष गोविन्द योङहाङ, इलाम

४. एल. भी. भुपेन्द्र योङहाङ, इलाम

५. लुम्दे गाउँ अध्यक्ष: सुन्दर फियाक, इलाम

६. फाकफोक गाउँ एल. भी. उदय लिम्बू, इलाम

७.  एल. भी. रक्की थेबे, ताप्लेजुङ

८.  जि. स. कबिर चेम्जोङ लिम्बू, धनकुटा

९ . एल. भी. नरेन तुम्बा, धनकुटा

१०. एल. भी. दिलिप याखा, धनकुटा

03 Mangsir Damak Chowk Limbuwan Banda

विज्ञप्तिमा थप भनिएको छ- ‘‘संविधान निर्माण गर्ने संविधान सभाको चुनावमा दशकौंदेखि अन्याय, अत्याचारमा परेका समुदायहरूलाई उत्साहित गरी समेटेर लानु पर्नेमा चुनावमा आउँछौं भन्ने दलहरूलाई समेत सेना प्रयोग गरी रोकेर र लिम्बुवानका कार्यकर्ताहरूलाई जेलमा थुनेर गरिएको चुनावलाई लिम्बुवानले स्वीकार गर्दैन, र गर्नु हुँदैन |’’ 

Election Rejection Poster of Limbuwan

सोही विज्ञप्तिमार्फत चार दलले गर्न लागेको मङ्सिर ४ गतेको कथित चुनावलाई लिम्बुवानको गाउँ गाउँ र बस्ति बस्तिबाट शान्तिपूर्ण रूपमा सक्रिय बहिष्कार गर्न आह्वान गर्दै लिम्बुवानी जनताहरू भोट हाल्न नजान अनुरोध गरिएको छ | एकात्मक राज्य र सिंहदरवारले दशकौंदेखि लिम्बुवानी भूमिमाथि चलाइरहेको एकछत्र अत्याचारी राजलाई अब “NO”- ‘‘हुँदैन” भनौं भन्ने अपील गर्दै प्रत्येक जनाको चुनाव  बहिष्कारबाट लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवा:, मगरात, तमुवान, खसान, थरुहट, मैथिल र शेर्पा …लगायतको मुक्ति यात्राको नयाँ पाइला शुरु हेन जनाइएको छ  | साथै, त्यहीबाट राष्ट्रिय मुक्ति आन्दोलन एवम् संघीय राष्ट्रवादको  नयाँ अध्याय पनि शुरु हुने कुरा विज्ञप्तिमा प्रष्ट पारिएको छ |

03 Mangsir Sunsan Kerkha Bazar Limbuwan Banda

लिम्बुवन आन्दोलन जारी रहेको र रहनेछ भन्दै मङ्सिर  ४ पछि,  मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद लिम्बुवान प्राप्तिको लागि अझ सशक्तताका साथ अघि बढने जनाउंदै आफ्ना पक्राउ गरेका लिम्बुवानी कार्यकर्ताहरूलाई बिनासर्त तुरुन्त रिहा गर्न माग गरिएको छ |

03 Mangsir Press Release to Reject the Election 2017

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts