षडयन्त्रपूर्ण ढंगले गराएको चुनावको घोर बहिष्कार र भण्डाफोर गरौँ
– युमा लिम्बू, यूके

Yuma Limbu 2

मङ्सिर ४ मा हुने कथित ४ दल एकात्मकवादीहरुले जबरजस्ती, सेना र बन्दुकको भरमा गर्न लागेको चुनाव जनताको खुन पसिनाले आर्जेको अरबौं रुपैंयाँ हिनामिना गर्ने सुनौलो अवसर मात्र हो |

यसले जनताको र देशको हितमा कदाचित संविधान लेख्दैन | यो कुरा ८०% आदिवासी, मूलवासी, दलित पीडित जनतालाई सिसाझैँ छर्लंङ्ग  भए पनि केवल सत्ता र भत्तामा आश्रित तत्वहरुको मिसावटले एकात्मकवादीलाई अझ सिंढी चडाउने काम भइरहेको छ |

यो चुनावले जनताको चाहना अनुरुपको संविधानलाई कालो पर्दाले ढाकेर सोझा जनतालाई बलिको बोका बनाउँदै तानाशाही शासन लागू गरिरहेको छ | यस्ता देशको पटक्कै माया नहुने ४ दलको कटपुतली, असंवैधानिक, आलोकतान्त्रिक खिरारे सरकारको कुनै विश्वास नभएकोले सम्पूर्ण नेपाली जनताले अफ्नो ज्यानको सुरक्षा आफै गरौँ | षडयन्त्र पूर्ण ढंगले गराएको चुनावको घोर बहिष्कार र भण्डाफोरको आह्वान गर्दछौ |

जय संघीय लिम्बूवान ! जय खम्बुवान ! जय धिमाल ! जय तामाङसालिङ ! जय नेवा:! जय मगरात ! जय तमुवान ! जय शेर्पावान ! जय थरुहट ! जय मैथिल ! जय दलित ! जय खसान ! जय मूलबासी !!

(युमा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, प्रवास  कार्य समिति यूकेका उपाध्यक्ष तथा  लिम्बुवान महिला परिषद यूकेका अध्यक्ष हुनुहुन्छ)

प्रकाशित मिति: २०७० मङ्सिर ४

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>