लिम्बुवानवासीहरूलाई धन्यवादसहित यातायात बन्द सकिएको जानकारी

प्रेस-विज्ञप्ति: २०७०-०८-०४ | चार दलले आज मङ्सिर ४ गते गरेको असंवैधानिक चुनावको बिरुद्धमा मञ्च  सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले  विगत लामो समयदेखि आन्दोलन गर्दै आएको सर्वविदितै छ | तर, लिम्बुवानी जनताहरूको शान्तिपूर्ण आन्दोलनलाई सेनाले दमन गराएर ४ दलले चुनावी नाटक मञ्चन गरेको छ | ४ दलको यो अत्याचारी कदमप्रति लिम्बुवानी जनताहरूको बिरोध युग युगसम्म रहनेछ | यो आन्दोलन मार्फत नेपाली जनताहरूले लिम्बुवानको बारेमा राम्रो सन्देश प्राप्त गरेका छन्यो- लिम्बुवान भनेको नेपालको राष्ट्रिय अखण्डता, स्वाभिमानप्रति गर्वगर्ने, संघीय राष्ट्रवादी र शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने राजनैतिक शक्ति रहेछ र यो लिम्बुवान भन्ने शक्ति नेपाललाई चाहिने शक्ति रहेछ | आन्दोलनले सृजना गरेको लिम्बुवानप्रतिको यो सकारात्मक धारणाले आगामी दिनमा नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य को स्थापनामा सकारात्मक भूमिका खेल्ने छ |

मङ्सिर ४ को कथित चुनावलाई सक्रिय बहिष्कार गर्ने आन्दोलन सफल भएको छ | १० दिने लामो यातायात बन्दलाई सफल बनाउन लिम्बुवानी जनताहरूले सक्दो साथ दिएकै हुन् | फोटो सहितको मतदाता नामावली संकलन, अङ्गीक्रीत नागरिकतालाई बंशजको नागरिकता बनाइको बिरुद्धको आन्दोलन, अहिलेको १० दिने यातायात बन्द र चुनावमा भोट नलगाउने बहिष्कारको आन्दोलनमा सहयोग गर्ने सम्पूर्ण लिम्बुवानवासी जनता, यातायात व्यवशायी लगायत सबैलाई धन्यवाद दिन चाहन्छौं | यसैगरी,  ज्यानको बाजी लगाएर आन्दोलनमा अहोरात्र खटने एलभी, युवा, महिला, मजदुर, विद्यार्थी, किसान, तुम्याहाङ् , सबै तहका नेतृत्व र समितिहरू, स्वायत्त परिषदहरू ३३ दल, नागरिक समाज  र निरन्तर हौसला दिने प्रवास समितिहरू सबैलाई धन्यवाद छ | लिम्बुवान आन्दोलनको आत्मवल अझ बढेको छ र अझ सशक्तताका साथ यो आन्दोलन अघि बढ्ने छ | साथै, १० दिने यातायात बन्द आजकै मितिदेखि समाप्त भएको जानकारी गराउँछौं |

महिना दिनदेखि एकात्मक जेलमा थुनिएका लिम्बुवानका निम्न कार्यकर्ताहरूलाइ विअना सर्त तुरुन्त रिहा गर:

१. के. स. संगम खनाल,  पान्थर

२. जिल्ला अध्यक्ष: लाबाहाङ  चेम्जोङ, पान्थर

३. क्षेत्रीय अध्यक्ष गोविन्द योङहाङ, इलाम

४. एल. भी. भुपेन्द्र योङहाङ, इलाम

५. लुम्दे गाउँ अध्यक्ष: सुन्दर फियाक, इलाम

६. फाकफोक गाउँ एल. भी. उदय लिम्बू, इलाम

७.  एल. भी. रक्की थेबे, ताप्लेजुङ

८.  जि. स. कबिर चेम्जोङ लिम्बू, धनकुटा

९ . एल. भी. नरेन तुम्बा, धनकुटा

१०. एल. भी. दिलिप याखा, धनकुटा

११. जिल्ला उपाध्यक्ष: केदार उप्रेती, सुनसरी

१२. जिल्ला सदस्य: टार्जन सुब्बा

जय लिम्बुवान, संघीय अभिवादन !

 

 

……………….

 

कुमार लिङ्देन ‘मिराक’

के. अध्यक्ष

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

04 Mangsir press release.doc-001

 

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts