लिम्बुवान अष्ट्रेलियाको प्रेस-विज्ञप्ति:
अब सर्वपक्षीय गोलमेच गरी संविधान बनाउनु पर्छ

Limbuwan Asutralia

प्रेस वक्तव्य: २०७०-०८-०७ अष्ट्रेलिया | हम्रो पार्टी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले प्रतिगमनकारी यथास्थितिवादी शक्तिहरुले नेपाली राजनीतिमा विभिन्न षडयन्त्र र चल्खेल गर्दै आएको कुरा सुक्ष्म किसिमले केलाउँदै र त्यसको प्रतिवाद गर्दै आएको सर्वविदितै छ ।

पहिचानवादी शक्तिहरूको दुई-तिहाई  भएको पहिलो संविधान सभाको  हत्या गरिएसंगै हामी निरन्तर आन्दोलनमा छौं । नेपाली जनताको महान उपलव्धि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष, समानुपातिक र समावेशीतालाई तुहाउनको लागि ११ बुँदे सम्झौता र त्यसको जगमा २५ बुँदे  संवैधानिक ‘कु’ गरियो र विदेशीको ईशारामा चुनावको नौटंगी गरियो । यी सबै षडयन्त्रको विरुद्धमा ३३ दलीय मोर्चाले सशक्त बिरोध र बहिष्कार गर्यो ।

मङ्सिर ४ को राष्ट्रघाती निर्वाचन बिरुद्दको हाम्रो आन्दोलन पहिलेनै पूर्ण सफल भएको थियो । निर्वाचनको क्रममा भएको  धाँदली, षडयन्त्र, अनियमितता र निर्वाचन गराउने मुख्य शक्ति एमाओवादीले संविधान सभामा नजाने घोषणासंगै राजनीतिक, प्राविधिक र संवैधानिक रुपमा सफल भएको ठहर गरिन्छ । एमाओवादीले मतदान सकिएपछि संविधान सभामा भाग नलिने घोषणालाई राजनीतिक र नातिक  बेइमानी हो भने अर्कोतिर नौटंगी संविधान सभा बहिष्कारलाई  भने दिगो नेपाली राजनीतिक निकासको हिसाबले सकारात्मक रुपमा लिइएको छ । यो दोस्रो नौटंगी संविधान सभा मृत भइसकेको हुँदा अब राष्ट्रिय सहमतिमा सर्वपक्षीय गोलमेच सभा गरी संविधान बनाउनुको बिकल्प छैन । अहिले, सेनाले ‘कु’ गर्ने खतरासंगै भारतको प्रान्त बनाउने षड्यन्त्रलाई चिर्न सम्पूर्ण राष्ट्रवादी, देशप्रेमी, अग्रगमनकारी शक्तिहरू सचेत रहँदै एकहुन अहिलेको आवश्यकता हो ।

अन्त्यमा,  कथित राष्ट् घाती चुनावलाई बिफल बनाउन सबै खालको सहयोग गर्नुहुने विशेष गरी अष्ट्रेलियामा रहनुहुने मित्रहरू लगायत देश-विदेशमा रहनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गर्दछौं  ।

थबाङको राजनीतिक चेतलाई  लिम्बुवानी सलाम !

जय लिम्बुवान !

………….

मनुराज निङ्लेकु लिम्बू

अध्यक्ष:

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

प्र. का. स. अष्ट्रेलिया

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>