यो निर्वाचनको समर्थन गर्नेहरूले देशलाई कतातिर धकेल्दै थिए/छन् ?
– झहरमान लिङ्देन, हङकङ

Jhahar Man Linden

कथामा नायकको ठाउँ भन्दै दिल्ली दरबारको खलनायकको निर्देशनमा कथित संविधान सभाको निर्वाचन बन्दुक र भारतीय हेलिकप्टरको भरमा सक्यो ।

देशमा ऐतिहासिक सफलता र शान्तिपूर्णताको बिगुल ४ दलको कटपुतली नौटंकी खिले र तीनका मतियारहरूले फुक्नु सम्म फुके। बम बिस्फोट, मानिस घाइते, मतदान केन्द्रमा झडप आदि समाचारलाई सबै भाते मिडियाहरूले दिनभरि लुकाये ।

मतदान कार्य सकेपछि सबै घटना त भने तर फेरि शान्तिपूर्ण सफल भन्न छाडेनन्। कसले कति मत पायो सबै हेर्न बाँकी छ। तर, याद रहोस् चुनावमा भाग लिने सबै ठुला दल भनौंदाहरूले दुई-तिहाई मतविना संविधान बन्न सक्दैन, हामीलाई सबैले भोट दिनु भनेका छन्। यहाँबाटै प्रष्ट छ फेरि पनि संविधान बन्दैन ।

यहाँ सबैले समग्र मत गणनाको प्रतिफल कुरेर बसेको बेला आशा गर्दै छन्- ती दलहरूले एकल रूपमा दुई-तिहाई बहुमतको | तर मेरो बिचारमा यो अहिलेको निर्वाचन प्रणालीमा बहुमत केवल एक दिवा सपना मात्र हो ।

त्यसैले, मत परिणामको टुंगो लाग्ने बित्तिकै सरकार बनाउने र ढाल्ने कामभन्दा बढी केहीहुनेवाला छैन। यसो हुँदा,  फेरी पनि देशले संविधान नपाउने, देशको ढुकुटी रित्तिने र जनताले दु:ख पाउने काम हुन्छ ।

यदि संविधान नै दिए पनि राम्रो र हाम्रो संविधान दिन सक्दैनन्। त्यसपछि, जनता फेरि सडकमा आन्दोलन गर्छन् | फेरि, रगत बग्छ | अन्ततः तेस्रो संविधन सभाको निर्वाचन गर्नुपर्ने हुन्छ जहाँ सर्वदलीय सहमति भएको हुन्छ।

भनेपछि, अहिले देशमा के हुँदैरहेछ ? यो निर्वाचनको समर्थन गर्नेहरूले देशलाई कतातिर धकेल्दै थिए/छन् ?  कामना गरौं, नेपाल देश भारतको एक प्रान्त नबनोस्। सम्पूर्ण नेपालीहरूको दिमागमा देश सिक्किमिकरण हुनुअघि गुदि पसोस् र तेस्रो संविधान सभाको लागि आजैबाट तयार गरौं ।

(लिङ्देन, लिम्बुवान हङकङ प्र. का. स. का महासचिव हुनुहुन्छ)

प्रकाशित मिति: २०७० मङ्सिर ५

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>