कविता: लिम्बुवानमा तिमी !
– लाहाङ चेम्जोङ

 

Lahang Chemjong

लाग्छ,

हिजो अस्ति जस्तो

छाती चिरेर हामी छुट्टिएको

ख्याल गाह्रो भएन हगी !

त्यसपछिका दिनहरू-

पोलिरहने ती पलहरू-

सुन्छु,

आजकल त !

लिम्बुवानमा तिमी

मिठो गरी गाउँछौं रे- हाक्पारे साम्लोहरू

तिमीलाई खुब आउँछ रे- च्याब्रुङका तालहरू

सिकाउँछौ  रे- ख्याली र पालामहरू

अनि,

बाँड्दैछौ रे- लिम्बुवानी सपनाहरू !

तिमीले शक्तिमा बदलेछौ- ती दिनका वियोगहरू

मुक्तिका निम्ति दबाएछौ-  पलपलका पीडाहरू

अनि, रोजेछौ बाटो-  आन्दोलनको

अनि, ढुकढुकी भएछौ- लिम्बुवानको !

सुन्दैछु,

तिमी पवित्र आत्मा रे-  न्यायको

तिमी प्रतिमूर्ति रे- समानताको

तिमी स्रोत रे- संघीयताको

तिमी असल छोरी रे- गणतन्त्रको

तिमी इतिहास रे- लिम्बुवानको !

यतिबेला,

म नजिकबाट बुझ्दछु

तिम्रो ती ब्यस्ताताहरू

हो,  म फुर्सदमा हराएको छु

यसकारण, म नालायक भएको छु !

देखें,

जब आँखा चिम्म गरें

हाम्रो काङसोरेलाई,

हाम्रो फाल्गुनन्दलाई,

अनि, मलाई मन पर्ने तिमीलाई

अनुभूति गरें तिम्रो साथको

कदर गरें तिम्रो साहसको

कल्पना गरें पुनर्मिलनको !

सुन,

अब, बाँड्नेछु सपनाहरू- तिमीले जस्तै

सम्हाल्नेछु मोर्चाहरू- तिमीसंगै

गाउनेछु हाक्पारेहरू- तिमीसंगै

नाच्नेछु च्याब्रुङहरू- तिमीसंगै

देख्नेछु लिम्बुवानी सपनाहरू- तिमीसंगै !

अनि,

बाचा गरें-

शहिद बन्छु- तिमीसंगै

इतिहास बन्छु – तिमीसंगै

जिउंछु- तिमीसंगै

लिम्बुवान ल्याउँछु- तिमीसंगै !

…सेवारो ! …

(चेमजोङ, लिम्बुवानका केन्द्रीय सदस्य तथा संघीय विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष हुन्) 

प्रकाशित मिति: २०७० मङ्सिर १२

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts