तथाकथित् ‘संविधान सभा-२’ को चुनौमा आइडिओलोजीले काम गरेन
– थक्साङ निङ्लेकु लिम्बू

Thakshang Limbu photo

दश वर्षे सशस्त्र जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन, मधेस आन्दोलन, लिम्बुवान आन्दोलन र विभिन्न समयमा भएका आदिवासी जनजातिका आन्दोलनको जगमा स्थापित संविधान सभाको २०६८ साल जेठ १४ गते जबर्जस्त हत्या गरियो | यसपश्चात,  पहिचान जनित संघियता नचाहने देश-विदेशी शक्तिहरू मिलि शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधान न्यायाधीश खिलराज रेग्मीलाई राज्यसत्ता सुम्पेर अर्को संविधान सभा २ चुनौको नाटक गरे | 

यो प्रक्रिया गलत ढंगले भयो भनेर लिम्बुवान सहितको ३३ दलीय राजनीतिक मोर्चा, बार असोसिएसन, बुद्धिजीबी आदिले बिरोध र विभिन्न चरणहरूमा आन्दोलन गरी  रहे | तर ती आन्दोलन, बिरोध र बहिष्कार गर्ने लोकतान्त्रिक विचार र आन्दोलनलाई एकात्मक सेनाको छाँयामा पर्ने कुत्सित षडयन्त्र भयो |

अन्तत:  चुनावको परिणाम आयो |  संघीयता, धर्म निरपेक्षता, समावेशीता नचाहने २०४७ साल को संविधान चाहने पार्टीहरू बलिया साबित हुने बनावटी परिणाम ल्याइयो | यो सारा नतिजालाई हेर्दा यो चुनौमा आइडीओलोजी, सिदान्त र  दर्शनले कामै गरेन |

जुन पार्टी या समुहले पैसा, लाभ, वा  केही कुराको बन्दोबस्त मिलाई दिन्छ, त्यसलाई जनताले भोट दिए वा साम, दाम, दण्ड, भेदको आधारमा मत खसाउन लगाइयो |  यसरी हेर्दा, पहिचान के हो ? संघियता के हो ? धर्म निरपेक्षता के हो ? त्यतातिर जनताको ध्यान गएन | त्यसैले,  संसदीय व्यवस्था भन्नु नै वैधानिक रुपमा जनताको अधिकार जनताकै हातको मतबाट खोस्ने प्रणाली हो |

निष्कर्ष:

नेपालका अधिकांश जनता गरिबीको चपेटामा भएकाले चुनौको बेला जसले दुईचार पैसा दिन्छ, जसले राँगा, खसी काटेर भोज खुवाउँछ उसैलाई भोट दिने चलन छ | यो मुलत: गरिवी र अशिक्षाको कारण यस्तो भएको हो | त्यसैले,  मुक्तिको आन्दोलन छेड्नलाई आम जनताले वर्गीय समस्यामाथि टेकेर  जातीय मुक्ति वा पहिचानको बाटो तय गर्न सक्नु पर्छ |  सम्बद्ध पार्टी तथा सरोकारवालाहरूले यो खालको शिक्षा, चेतना र अभियानहरू शसक्त रुपमा अविलम्ब अघि बढाउनु अवश्यक छ |

जय लिम्बुवान !
संघीय अभिवादन !!

(थक्साङ, लिम्बुवानका विद्यार्थी नेतृत्व पनि हुन्) 

प्रकाशित मिति: २०७० मङ्सिर १४

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts