अबको लडाईं अर्थपूर्ण हुन्छ
– कुमार लिङ्देन ‘मिराक’

Kumar Lingden 10

पहिचान सहितको संघीयता हुन नदिने मुख्यत:  एमाले-कांग्रेस नै हुन् |

पहिलो संविधान सभामा उनीहरू अलिक  ’लो प्रोफाइल ‘ मा बसेर चाबी चलाइरहेका थिए | मतलब,  अलिक लुकेर संविधान सभालाई असफल बनाइरहेका थिए |
तर, यसपल्ट कथित चुनावमार्फत धाँदली गरेर भए पनि तिनीहरू  फ्रन्टमा देखिएका छन् |

एक कोणले हेर्दा,  अब राम्रै पनि हुने भो | किनकि, जो पहिचान सहितको संघीयता हुन नदिनेहरूसंग संघर्ष आमने-सामने नै हुने भो |
जोसंग लड्नु पर्ने हो,  फ्रन्ट लाइनमा उनीहरू नै आएपछि आन्दोलन  र संघर्ष अर्थपूर्ण पनि हुन्छ |

नत्र पहिलो संविधान सभामा यति अप्ठ्यारो भइरहेको थियो कि लिम्बुवान नदिने एमाले कांग्रेस छन् | तर जब आन्दोलन शुरु गर्यो माओवादी-मधेसी गठबन्दनको गृह मन्त्रीले गोली ठोक्थे |त्यसबेला,  एमाले-कांग्रेसहरू  ताली ठोकेर बस्थे |

त्यसो हुनको मुख्य कारण,  एमाओवादी र मधेशीहरूको चरम सत्तालिप्सा नै हो | कम्तिमा उनीहरू सत्तामा नगएको भए लडाईं पहिले नै वारपार भइसक्थ्यो |
तर, ढिलै भएपनि जोसंग लड्नु पर्ने हो,  उनीहरु फ्रन्टमा आएका छन् |  अब लडाईं अर्थपूर्ण हुन्छ |

अब, सबै परिवर्तनकारी शक्तिहरू एक भएर आन्दोलनको आँधी-बेहरी तयार गरौँ |
चुनौतीलाई अवसरमा बदलौं |

जय लिम्बुवान, संघीय अभिवादन !

प्रकाशित मिति: २०७० मङ्सिर १५

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts