आन्दोलनको लागि राम्रो वातावरण बनेको छ
– कुमार लिङ्देन ‘मिराक’

kumar Lingden 4

कथित चुनाव पछि  कतिपय साथीहरु निराश भएको पनि पाइयो | तर निराश हुनुपर्ने अवस्था पटक्कै छैन | कांग्रेस र एमालेले यस्तो प्रायोजित रिजल्ट ल्याउँछन् भन्ने कुरा त पहिले नै थाहा भएर तमञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दलले त्यत्रो प्रतिरोध गर्नु परेको थियो |

४ दल, सशस्त्र, सेना, मिडियासंग मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दल एक्लै भ्दिरहंदाको क्षणहरु कुनै दिन लेखौंला | त्यसबेला, ४ दल र तिनीहरुको सेनेभेनेले पेल्थ्यो नै | तर पहिचानवादी साथीहरुले पेल्दा, कटाक्ष हान्दा नरमाइलो लाग्दो रहेछ | तर, जेहोस यो हाम्रो चित्त दुखाईहरुलाई हामीले मेजर इस्यु बनाएका छैनौं | मुख्य कुरा हाम्रो राजनैतिक मुद्दा हो |

अहिले परिस्थितिले हामी सबै पहिचान पक्षधरहरुलाई एउटै कित्तामा ल्याउँदैछ | यो नै खुसीको कुरा हो |

आन्दोलनकारी साथीको नाताले मधेसी जनताको लागि लडेको श्रद्धेय व्यक्तित्वको नाताले मैले धेरै पल्ट उपेन्द्र यादब जी लाई- प्लीज सरकारमा नजानुस्- भनेको थिएँ |

किनकि, जुन सिंहदरबार भत्काउन हामी हजारौं जनताहरुलाई साथ लिएर आन्दोलन हाँकीरहेका छौं | आन्दोलनको नेतृत्व गरिरहेका छौं | यदि हामी नै फेरि पनि सिंहदरबारको मन्त्रीको लागि र्याल चुहाउन थालियो भने कसरी सिंहदरबार भत्कन्छ ?

मैले यो कुरा मधेशका नेताहरु, माओवादी का नेताहरुलाई धेरै पल्ट भनेको थिएँ | तर, त्यसबेला हाम्रो कुरा उहाँहरुले सुन्नु भएन !

जेहोस, मधेशका साथीहरु मात्र २ वर्ष सरकारमा नगएको भए लिम्बुवान र मधेशको संयुक्त प्रयासले एकात्मक सिंहदरबारलाई गर्ल्यामगुर्लुम बनाई सक्थ्यौं |

तर ढिलै भए पनि, आन्दोलनको लागि राम्रो परिस्थिति बनेको छ |
अहिले तत्कालै उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, प्रचण्ड जीहरु मन्त्री, प्रधानमन्त्री भइहाल्ने परिस्थिति छैन |

त्यसैले, अब सडक बलियो हुने भयो |

किनकि, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दलले आन्दोलनको बाटो त सोझ्याई दिएकै छ | अब, अरु साथीहरु आएर त्यो आन्दोलनको बाटोलाई अझ सशक्त बनाउने |

त्यसैले,  सबै साथीहरु आसावादी र तयारी रहौं |

जय लिम्बुवान ,संघीय अभिवादन !

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts