नेपालको संघीय आन्दोलनमा लिम्बुवान एक आशा र प्रेरणाको दियो
– कुमार लिङ्देन ‘मिराक’

Kumar Lingden Mirak

नेपालको संघीय आन्दोलनमा लिम्बुवानले एउटा आशा र प्रेरणाको दियो  भूमिका निभाउन सकौं |

यसको लागि केही अवधिभर सिंहदरबारले दिने मन्त्री र सभासद पदहरुलाई लिम्बुवानले अस्वीकार गर्नु पर्ने अवस्था आउन सक्छ |

एकात्मकवादीहरुको जेल जानु पर्ने, तिनीहरुको बन्दुक र तिनीहरुद्वारा संचालित पित्त पत्रकारिता (Yellow Journalism) संग सामना गर्नुपर्ने हुन्छ | यी सबै परिस्थितिहरुसंग जुध्न तयारी हौँ |

सजिलो बाटो मात्र रोज्ने हो भने र अरुले खनी दिएको बाटोमा मात्र हिंड्ने हो भने लिम्बुवानलाई कसैले चिन्ने पनि छैन | भोलि, आउने लिम्बुवानी पुस्ताले आजको पुस्तालाई श्रद्धापूर्वक सम्झने पनि छैन |

त्यसैले, सोचहरुलाई अलिकति आन्दोलित, अलिकति प्रगतिशील र अलिकति वलिदानी बनाउँदै लैजाऊं |

जय लिम्बुवान, संघीय अभिवादन !

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>