लिम्बुवानको बृहत केन्द्रीय बैठक हुँदै

दमक, लिम्बुवान, १४ पुस | पौष १२  गतेबाट दमकको उद्योग वाणिज्य संघको हलमा सुरु भएको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको बृहत केन्द्रीय बैठक जारी रहेको छ ।अहिले सम्म  जिल्ला अध्यक्षहरु, प्रवास समिति, जनवर्गीय संगठनहरु, राष्ट्रिय पार्षद र वैकल्पिक केन्द्रीय सदस्यहरूको प्रतिवेदनहरू पेश भइ सकेका छन् |

Meeing Photos of Limbuwan 2 Pres

बैठकको उद्घाटन सत्रमा प्रवास कार्य समिति युएई (दुवाई) को प्रायोजनामा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको सहयोगार्थ एक गीति एल्बम् “हाम्रो अभियान”को परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले विमोचन गर्नुभएको थियो । उक्त गीति एल्बममा प्रथम लिम्बुवान आईडल कन्चन थलङ्, क्षितिज मेन्याङ्बो, आभा मुकारुङ्, नरेन्द्र इजम, जोनिला योञ्जन, सुवास लिम्बु, खुसीनिछो चाम्लिङ्, रत्न इजम, किरण मेन्योङ्बो र सुस्मा लिम्बु  लगायत गायक गायिकाहरुको सुमधुर स्वर समावेश गरिएको छ । शब्दहरुमा मिलन मेन्याङ्बो, डि.वि. आङ्बुङ, मिलन मेन्याङ्बो, निशान लिम्बु, किरण मेयोङ्बा र शेरबहादुर सम्बाहाम्फेको रहेको उक्त एल्बमलाई आवाज डिजिटल रेकर्डिङ् स्टुडियोले बजारमा ल्याउएको छ । “राष्ट्र निर्माणको एकता हो, हाम्रो अभियान, देश हाम्रो नेपाल हो, घर लिम्बुवान” जस्ता सुमधुर लिम्बुवानी गीतहरुले सजिएको सो एन्वामले लिम्बुवान आन्दोलनलाई सहयोग पुग्न विमोचन कार्यक्रममा अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले बताउनु भएको छ ।

Meeting of Limbuwan Women

परिषदको वैठक उद्घाट्न सत्रमा अध्यक्ष कुमार लिङ्देन मिराकले पार्टीको तर्फबाट राजनैतिक प्रतिवेदनका साथ लिम्बुवान प्रशिक्षण पुस्तिका भाग-१ को खाका  पेश गर्नुभएको थियो । पार्टीको आगामी कार्यदिशा, अबको सांगठानिक रणनीति, भोलिको चुनौतीहरुलाई कसरी सामना गर्ने, लिम्बुवानी संगठनहरु बिचमा एकताको पहल लगायतका जटिल राजनैतिक समस्याहरु समावेश गरिएको प्रतिवेदनको सम्बन्धमा छलफल र बहस जारी रहेको छ |

Meeting Participants

विशेष गरेर गत मंसिर ४ गतेको संविधानसभाको चुनाव र ३३ दलीय मोर्चाको भूमिका र परिषदको आगामी कार्यदिशाको बारेमा गहन छलफल भइरहेको छ । गाउँ गाउँ सम्म संगठनलाई चुस्त दुरुस्त बनाउनको लागि राजनैतिक प्रशिक्षण कार्यक्रमहरु पुर्याउनको लागि केन्द्रदेखि गाउँ तहसम्मका नेताहरुलाई राजनैतिक प्रशिक्षण दिईने अध्यक्ष कुमार लिङ्देन मिराकले बताउनु भएको छ ।

 

- दिलकुमार लावती

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts