लिम्बुवान बृहत केन्द्रीय बैठको प्रेस-विज्ञप्ति:

यही २०७० पुष १२,१३ ,१४ र १५ गते दमक उध्योग बाणिज्य संघको हलमा सम्पन्न मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको समीक्षा एवम् आगामी रणनीति निर्माण गर्ने  केन्द्रीय बैठकले निम्न निर्णयहरू पारित गरेको छ |

बैठकका निर्णयहरू निम्नानुसार भएको लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा पुस १५ गते जारी गरिएको विज्ञप्तिमा जनाइएको छ:

१.  मङ्सिर ४ को कथित् निर्वाचनको बहिष्कार गर्दै मञ्च सम्बद्ध संघीय लिम्ब्वुअन् राज्य परिषद (सलिराप) सहितको ३३ दलले अघि बढाएको सक्रिय बहिष्कार आन्दोलन राजनैतिक रुपमा सफल भएको छ | १० दिने बन्दको क्रममा राज्यले गरेको दमन र लिम्बुवानले गरेको प्रतिकारबाट सिकिएका पाठहरूको आधारमा लिम्बुवान आन्दोलन रक्षाको स्थायी रणनीति तयार गरिने छ | प्रतिकार आन्दोलमा सहयोग गर्नुहुने सबै महानुभावहरूलाई हार्दिक धन्यवाद दिने निर्णय गरिएको छ |

२. ”कथित् संविधान सभा २ लाई भङ्ग गरी सर्वपक्षीय राष्ट्रिय राजनैतिक सम्मेलन (गोलमेच ) द्वारा राज्य र लिम्बुवानबीच २०६४ फाल्गुन १८ गते भएको ५ बुँदे सहमति अनुसार ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वको ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर” भनी लिम्बुवान आन्दोलन अघि बढाइनेछ |

३. केन्द्रीय बैठकमा प्रस्तुत  ”संघीयता र लिम्बुवान आन्दोलनबारे अध्ययन सामग्री भाग-१ ” नामक पुस्तिकालाई गाउँगाउँ पुर्याएर अढाई महिनाभित्र लिम्बुवानका सबै गा.वि.स. हरूमा प्रशिक्षण र संगठन सुदृढीकरणगर्ने |

४. केन्द्रीय सचिवालयले राष्ट्रिय सम्मेलनको मिति तोक्नेछ | यही फाल्गुन १५ गतेदेखि विधान संशोधन र आगामी सम्मेलनमा सहभागी प्रतिनिधिको मापदण्ड बारे बहस खुल्ला गरिने छ | प्रवास समितिहरूलाई आगामी विधानमा समेटिने छ |

५ . मञ्च सम्बद्ध सलिरापले निर्माण गरेको संगठन र उठाएको लिम्बुवानी आन्दोलनको उचाइलाई आधार मानेर लिम्बुवान आन्दोलनलाई अझै सशक्त बनाउन लिम्बुवानजन्य संगठनहरू बीच छलफल, बहस, मोर्चावन्दी, एकता, मञ्च सम्बद्ध सलिरापमा पुन: प्रवेश र प्रवेशको अभियानलाई अघि बढाइनेछ | यस अभियानलाई सहजीकरण गर्न महासचिव फक्ताङ्लुङ योङ्हाङको  संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको छ |

६. मङ्सिर ४ को कथित् चुनावको बहिष्कारको क्रममा अझै जेलमा रहेका साथीहरूलाई छुटाउन यो तत्काल राजनैतिक पक्रिया अघि बढाइने छ |

जय लिम्बुवान, संघीय अभिभादन !

 

……………….

कुमार लिङ्देन ‘मिराक’

के. अध्यक्ष

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

Press Release of Limbwuan Central Meeting Pus 12-14, 2013

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts