एकीकृत लिम्बुवान पार्टीको प्रथम ऐतिहासिक केन्द्रीय बैठक सुभारम्भ

दमक, लिम्बुवान, पुस ५ ।
संघीय लिम्बुवान पार्टी, नेपालको प्रथम ऐतिहासिक केन्द्रीय बैठक लिम्बुवानको दमक, झापामा पुस ५ गतेबाट सुभाराम्भ भएको छ ।

प्रथम केन्द्रीय बैठकको पहिलो दिन पार्टीका प्रमुख नेतृत्वहरू अध्यक्ष कुमार लिङ्देन ´मिराक’, सर्वमान्य नेता वीर नेम्बाङ, सर्वोच्च नेता कमल छाराहाङ र वरिष्ठ नेता सन्जुहाङ पालुङवाले सामूहिक रुपमा दीप प्रज्वलन गरी बैठकको समुद्घाटन गरेका छन् ।

बैठकको समुद्घाटनपछि केन्द्रीय अध्यक्ष मिराकबाट सुभाराम्भ मन्तव्य व्यक्त भयो ।

बैठकमा पार्टीका सम्पूर्ण प्रवास समितिहरूको अन्तर्राष्ट्रिय सन्जाल अन्तर्राष्ट्रिय समन्वय समितिको तर्फबाट सामूहिक रुपमा संयोजक युमा लिम्बुमार्फत बैठकमा पठाइएको शुभकामना-पत्र समेत प्रस्तुत भयो । यसबखत, बैठकमा उपस्थित प्रवास यूकेका प्रवक्ता खेमराज मादेनले व्यक्तिगतरुपले पार्टी केन्द्र र महिला परिषदलाई नगद तथा जिन्सी सहयोग समेत हस्तान्तरण गरे ।

यस ऐतिहासिक बैठकमा लिम्बुवानी बुद्धिजीवी तुम्म्याहाङ्हरूको प्रतिनिधि चुम्लुङ केन्द्रका अध्यक्ष उत्तम थाङ्देन र सदस्य कमल तिगेलाको समेत पर्यवेक्षकको रुपमा उपस्थिती रहेको छ ।

पहिलो दिनको बैठकको अन्तमा सम्पूर्ण केन्द्रीय समितिबीच परिचय भई अध्यक्षबाट संक्षिप्त्त मन्तव्यसहित दोस्रो दिन सम्मको लागि बैठक स्थगन भएको थियो ।

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts