असोज १८ गतेदेखि अनिश्चितकालीन लिम्बुवान बन्द

प्रेस-विज्ञप्ति
 चार दल र खिलराज मिलेर असंवैधानिक तरिकाले मङ्सिर ४ मा गर्न लागेको भनिएको कथित् चुनावको प्रत्यक्ष उम्मेदवारी दर्ता प्रक्रियाको बिरुद्धमा आज असोज १७ गते मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अरुण-सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवानको सम्पूर्ण सडकहरुमा यातायात बन्दको आह्वान गरेको थियो | यस परिषद्को शान्तिपूर्ण, संवैधानिक आन्दोलनलाई एकात्मक राज्यसत्ताले बर्बरतापूर्वक दमन गर्ने दुस्प्रयास गरेको छ | यस क्रममा धेरै लिम्बुवानी कार्यकर्ताहरुलाई एकात्मक प्रहरी प्रशासनद्वारा दमन गरी गम्भीर घाइते बनाइएका छन् |

निम्न लिम्बुवानका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ:
१. सचिवालय सदस्य: प्रेमदीप थम्सुहाङ
२. दमक नगर अध्यक्ष: लिला थापा मगर
३. इलाम जिल्ला स. स.:विक्रम लेक्वा लिम्बु
४. एलभी कमान्डर: शरण जबेगु
५. एलभी कमान्डर: धन राई
६. एलभी कमान्डर: नरेश माङमु (गम्भीर घाइते )
७. एलभी कमान्डर: सुजन खजुम
८. इलाम एलभी: भिम लोक्ताम
९. इलाम एलभी: सुजन लोक्ताम
१०. इलाम एलभी: अनमोल तामाङ
११. मोरङ सचिवालय सदस्य: डम्मर धिमाल (राजघाटबाट)
१२. लालबहादुर थक्लुङ
१३. इन्द्र बस्नेत
१४. दिनेश ढकाल
१५. झापा सितापुरीबाट: रुकमान राई
१६. कुमार राई
१७. अशोक राई
१८. प्रेमप्रसाद आचार्य

शान्तिपूर्ण लिम्बुवानी आन्दोलनमा पक्राउ गरिएका नेता कार्यकर्ताहरूलाई विनाशर्त तुरुन्त रिहा गर |

पक्राउ परेका कार्यकर्ताहरू विनाशर्त रिहाइ नगरिन्जेल असोज १८ गतेदेखि ९ जिल्ला लिम्बुवानको सबै सडकहरूमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरिएको छ |

घोषित आन्दोलनको अवधिभर ९ जिल्ला लिम्बुवानको सबै सडकहरूमा यातायातका साधनहरू नचलाई दिन हुन र निरन्तर अघि बढिरहेको लिम्बुवानी आन्दोलनलाई साथ-सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं |

जय लिम्बुवान !
संघीय अभिभादन !

……………….
कुमार लिङ्देन ‘मिराक’
के. अध्यक्ष
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

मिति: २०७०|०६|१७

 

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts