थप लिम्बुवान कार्यकर्ताहरू पक्राउ केही रिहा

प्रेस-विज्ञप्ति:

मिति २०७०-०७-१८ | संघीयता बिरोधी, राष्ट्रघाती, गृहयुद्ध निम्त्याउने मङ्सिर ४ को कथित चुनाबको शान्तिपूर्ण बिरोध गरिरहेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को थप कार्यकर्ताहरुलाइ एकात्मक राज्यले पक्राउ गरेको छ |

हिजो कार्तिक १७ गते पान्थरको सप्तमी बजारमा फुटबल खेलेर घर आउंदै गरेका पान्थर फाक्तेप २ का बिजय नेम्बाङलाई  सप्तमी र घुर्बिशे पंचमीको बिचमा पर्ने दशमी बजार छेउबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो |

यसरी नै, इलाम जिल्ला लुम्दे गाबिस का मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष सुन्दर फियाक र एलभी नर बहादुर फियाकलाई पनि हिजो प्रहरीले पक्राउ गरेको छ |

त्यसैगरी, इलाम जिल्ला फाकफोक गाविस वार्ड न १ ठिंगेपुर्का एलभी उदय लिम्बुलाई घरैबाट पक्राउ गरेका छन् |

उता कार्तिक ७ गते शान्तिपूर्ण मार्चपास गर्न लाग्दा झापाबाट पक्राउ परेका लिम्बुवानका सबै कार्यकर्ताहरु हिजो रिहा भएका छन् | उहाँहरुको रिहाइको लागि भूमिका निभाउनु हुने सबै मानवअधिकारवादी संस्था र सम्बद्ध विभिन्न महानुभावहरुलाई धन्यवाद दिन चाहन्छौं|

बिनाकुनै कारण कार्यकर्ताहरु पक्रिने, दुख दिने, यस प्रकारको राज्य आतङ्क  बन्द गरियोस्  | हिजो पक्राउ परेका साथै इलाम र पान्थर जेलमा राखिएका कार्यकर्ताहरु अविलम्ब रिहा गरियोस्  |

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद  र ३३ दल चुनावमा आउछौं  भन्दा भन्दै हामीलाई बाइपास गरेर कथित चुनाब गर्ने ४ दलीय डयन्त्रलाई परास्त गर्न निरन्तर र अझ शशक्त गरी अघि बढने छौं |

कार्तिक २५ गते देखि मङ्सिर ५ गते सम्मको १० दिने नेपालबन्द सफल पार्न सम्पूर्ण तयारी पूरा गरिएको छ |

जय लिम्बुवान, संघीय अभिभादन !

 

 

……………….

कुमार लिङ्देन ‘मिराक’.के. अध्यक्ष

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

lumde ilam limbuwan pakrau.doc-001

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts