कथित चुनावबिरुद्ध कार्त्तिक २५ देखि मङ्सिर ५ सम्म लिम्बुवान बन्द

प्रेस-विज्ञप्ति: मिति २०७०-०७-२४ | 

चार दलका शिर्ष नेताहरुले चैत्र १ गते चालेको असंवैधानिक, संघीय गणतन्त्र र नौ जिल्ला लिम्बुवान बिरोधी, राष्ट्रघाती कदम र सोसीसंग जोडिएको मङ्सिर  ४ को कथित चुनाबको बिरुद्धमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दल शुरुदेखि नै आन्दोलित छ |

यस बिचमा देशलाई निकाश दिनको लागि प्रधानन्याधीशबाट राजिनामा, सर्वदलीय गोलमेच सम्मेलन र सबै पार्टी सहभागी हुनसक्ने गरी चैत्रमा चुनाव गरौँ भन्ने सहज प्रस्ताव राखेर हामी ३३ दल कयौं पल्ट वार्ताको टेबलमा बसेकै हो |तर, चार दलले वार्ता असफल भएको नाटक रचेर योजनावद्ध रुपमा ३३ दललाई निर्वाचनबाट बाहिर राख्ने गुरु योजना बनायो |

चुनावमा सबै राजनैतिक दलहरुले भाग लिन पाउनु पर्छ भन्ने हाम्रो नैसर्गिक अधिकार हो | मङ्सिर ४ को कथित चुनावको शान्तिपूर्ण बिरोध गर्न मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले कार्तिक ७ गते उर्लाबारीदेखि दमकसम्म आयोजना गरेको शान्तिपूर्ण मार्चपासमा प्रहरी हस्तक्षेप गरी दर्जनौं लिम्बुवान कार्यकर्ताहरुलाई पक्राउ गरेर ४ दल आफैले वातावरण उत्तेजित बनाउदै लगेको छ | ४ दल आफैभित्र आफ्नो उम्मेदवारको हत्या गर्छ, ३३ दलको नाम लिंदै ४ दल भित्र एकले अर्कोमाथि आक्रमण गर्छ र आरोप हामी ३३ दललाई लगाउंछ | ४ दलले हामीमाथि लागाएका झुटो आरोपहरुको हामी खण्डन गर्छौं  र मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको आन्दोलन शुरुदेखि नै शान्तिपूर्ण र सशक्त रहेको सार्वजनिक गर्दछौं |

बिदेशी राजदूतहरुलाई नेपालको राज्यले पृष्ठपोषण गरेको जातीय विभेद बुझ्न आग्रह गर्दछौं | उद्योग बाणिज्य महासंघ  र सरकारले १० दिने बन्दलाई असफल बनाउन जुन उत्तेजित नाराहरु दिइरहेका छन्, यसले वातावरण थप बिग्रने चेतावनी दिन चाहन्छौं|

मङ्सिर ४ को एकपक्षीय चुनाव स्थगित गरी ३३ दल लगायत सबै पार्टीहरु सहभागी हुनसक्ने चुनावको नयाँ मिति घोषणा गराउन दबाव  दिन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दलले यही कार्तिक २५ गते देखि मङ्सिर ५ गतेसम्म १० दिने  नेपाल बन्द /नौ जिल्ला लिम्बुवान बन्दको आह्वान गरेको छ |

यो निर्णायक आन्दोलन सफल बनाउन सम्पूर्ण लिम्बुवानवासी नेपाली जनताहरुमा आह्वान  गर्दछौं | लिम्बुवानका सबै उद्योगी, यातायात व्यवशायीहरूले सदाझैँ यो आन्दोलनमा पनि सहयोग गर्न आग्रह गर्दछौं |यहाँहरुको सहयोगको लिम्बुवान मातृभूमिले सदा मुल्याकन गर्नेछ |

कार्तिक २५ गते आमहडताल र कार्तिक २६ देखि मङ्सिर ५ गते सम्म यातायात र सडक बन्दको आन्दोलन सफल पारौं |

जय लिम्बुवान ,संघीय अभिभादन !

 

……………….

कुमार लिङ्देन ‘मिराक’

के. अध्यक्ष मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

10 dine band.doc-001

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts