कार्तिक २५ को आमहडताल सफल: २६ गतेदेखि निरन्तर यातायात बन्दको प्रेस-विज्ञप्ति:

मिति २०७०-०७-२५ |असंवैधानिक,  संघीय बिरोधि, राष्ट्रघाती तथा एकपक्षीय मङ्सिर ४ को कथित चुनाव स्थगित गरी सबै दलहरु सहभागी हुनसक्ने चुनावको नयाँ मिति घोषाणा हुनुपर्छ भनी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दलले आज कार्तिक २५ गते आह्वान गरेको नौ जिल्ला लिम्बुवान बन्द, नेपाल बन्द अभूतपूर्व रुपमा सफल भएको छ | बन्द असफल गराउन सिमाना रक्षक सेना लगायत सशस्त्र, जनपद साथै सबै गुप्तचर संस्थाहरुलाई जबर्जस्ती लगाए पनि नेपाली जनताको साथ सहयोगले बन्द सफल भएको छ | यसबाट प्रष्ट हुन्छ कि नेपाली जनता लिम्बुवान र ३३ दलको एजेन्डामा सहमत छन् र नेपाली जनताहरु संघीय राष्ट्रवादी छन् |

सशस्त्र प्रहरीले इलाम चुलाचुली ६ का एल. भी. कमाण्डर हाइजन आङथुपो, क्षेत्रीय उपाध्यक्ष कृष्ण आङथुपो लिम्बु लगायत का घरमा रातको १२ बजे गएर अमानवीय रुपले घर खानतलासी गर्ने, दु:ख दिने गरेका छन् | शान्तिपूर्ण आन्दोलन गरिरहेको लिम्बुवान कार्यकर्ताहरुमाथि गरिएको यो दुर्व्यबहरको घोरबिरोध र  भर्त्सना गर्दछौं |

आजको बन्दको क्रममा पक्राउ परेका लिम्बुवानी कार्यकर्ताहरु : १. धनकुटा जितपुरका एल भी नरेन तुम्बा र २.  दिलिप याखालाई प्रशासनले प्रक्राउ गरेको छ |    पक्राउ परेका कार्यकर्ताहरुको बिनाशर्त अविलम्ब रिहाई गर्न जोडदार माग गर्दछौं |

कार्तिक २६ गते देखि मङ्सिर ५ गतेसम्म निरन्तर नेपालभर, लिम्बुवानभर यातायात बन्द, सडकबन्दको आन्दोलन  जारी रहनेछ | यस बन्दमा पनि सम्पूर्ण नेपाली, सम्पूर्ण लिम्बुवानी जनताहरुले साथ दिएर संघीय नेपाली राष्ट्रवादीआन्दोलनलाई उचाई मा पुर्याउन सहयोग पुर्याउन आह्वानगर्दछौं |

सत्ताको कुर्सि लुछाचुडी गर्ने मङ्सिर ४ को चुनाव  होइन, संघीय संविधानबनाउने सर्वदलीय सहभागिता सहितको नयाँ चुनावको लागि आन्दोलन तेज गरौँ |

जय लिम्बुवान, संघीय अभिभादन !

……………….

कुमार लिङ्देन ‘मिराक’

के. अध्यक्ष

ञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

25 Limbuwan Nepal Banda Safal Press Release

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts